साउदी अरबका विदेशमन्त्रीको भारत प्रशासित कश्मीरका मुस्लिमप्रति ऐक्यबद्धता
काठमाडौं । साउदी अरबका विदेशमन्त्रीले भारतको जम्मु कश्मीरका मुस्लिम समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् ।
अल अरेबिया समाचारका अनुसार मन्त्रीले मुस्लिम पहिचान र अस्मिता कायम राख्न साउदी अरब मुस्लिम जनताको साथमा रहेको बताए ।
साउदी प्रेस एजेन्सीका अनुसार राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाहले बुधबार यी कुराहरू भनेका हुन्।
इस्लामिक सहयोग संगठन (ओआईसी) ले जम्मू कश्मीरको सम्पर्क समूहको बैठक बोलाएको थियो।
यो भेट न्युयोर्कमा संयुक्त राष्ट्र संघको महासभाको बैठकका क्रममा भएको हो ।
मन्त्रीले भने, “साउदी अरबले यस क्षेत्रमा कुनै पनि प्रकारको द्वन्द्व हुन नदिन मध्यस्थताका लागि सबै पक्षसँग कुरा गरिरहेको छ र अन्तर्राष्ट्रिय नियमबमोजिम शान्तिपूर्ण समाधानका लागि काम गरिरहेको छ।”
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment