आदि शंकराचार्यको विषयमा फिल्म बन्ने

डिसी नेपाल
६ असोज २०८० १४:३८
4
Shares

काठमाडौं । फिल्म निर्देशक आशुतोष गोवारीकरले आचार्य शंकर कल्चरल इन्टिग्रेशन ट्रस्टसँगको सहकार्यमा आदि शंकराचार्यमाथि फिल्म बनाउने भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार फिल्म निर्माताहरूले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस फिल्मको नाम ‘शंकर’ हुने बताएका छन् ।

गोवारीकर ‘लगान’, ‘जोधा अकबर’ र ‘पानीपत’ जस्ता फिल्म बनाउनका लागि परिचित छन्।

विज्ञप्तिमा निर्देशकले भनेका छन्, ‘ट्रस्ट र एकता धामको सहकार्यमा आदि शंकराचार्यको जीवनीमा फिल्म बनाउने अवसर पाएकोमा मलाई गर्व लागेको छ ।’

एक दिन अघि, मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले खण्डवाको ओमकारेश्वरमा आदि शंकराचार्यको १०८ फिट अग्लो मूर्तिको अनावरण गरेका थिए। २,१४१ करोडको लागतमा बनाइएको यो प्रतिमालाई ‘स्ट्याचु अफ वननेस’ नाम दिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *