गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल(भिडियो)
काठमाडौं । गायिका मिलन नेवार र गायक आनन्द कार्कीको आँखा सँग बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतकार ध्रुव प्रसाद अम्गाईंको शब्द शृजना रहेको सार्वजनिक गीतमा संगीतकार राज सागरको संगीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा समीक्षा पोखरेल र कमल सिंहको अभिनय देख्न सकिन्छ ।
निर्देशक सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने जिबेश पौडेलले सम्पादन गरेका हुन्।
राष्ट्रिय गीतदेखि सुगम सङ्गीत, लोक विधामा समेत कलम चलाएका गीतकार ध्रुव समाजसेवादेखि राजनीति, व्यवसायमा पनि सक्रिय छन् ।
भिडियो एम थ्रि मिडिया नेपालबाट बजारमा आएको हो ।
भिडियोः
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment