चीनको भ्रमण ऐतिहासिक रुपमा सफल भयाे : प्रधानमन्त्री (पूर्णपाठसहित)

डिसी नेपाल
१४ असोज २०८० १४:५६
24
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो छिमेकी राष्ट्र चीनको भ्रमण ऐतिहासिक रुपमा सफल भएको दाबी गरेका छन्।

संयुक्त राष्ट्र संघको ७८औं महासभामा भाग लिन भदौं ३० गते अमेरिका गएर उतैबाट असोज ५ मा चीन प्रस्थान गरेका प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्किएका थिए। प्रधानमन्त्री दाहालले आज बसेको संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै चीन भ्रमणमा भएको विविध घटनाबारे जानकारी गएका छन्।

उनले भने,‘चीनको भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ। उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको छ, राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ।’

प्रधानमन्त्री दाहालले भ्रमणमा पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिने मार्गप्रशस्त भएको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *