प्रतिनिधिसभा बैठक बस्दै,यस्ताे छ सम्भावित कार्यसूची
काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भाबित कार्यसूची अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत बिधेयक २०८० पेश गर्नेछन्।
सो अघि सो बिधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताब माथि प्रेम सुवालबाट प्राप्त बिरोधको सूचनालाइ निर्णयार्थ प्रस्तुत गरिनेछ।
साथै, पुर्व जनप्रतिनिधि सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment