नयाँ पार्टीहरुले देश हाक्न सक्दैनन्– ओली

डिसी नेपाल
१८ असोज २०८० १६:३३
24
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ भनिएका पार्टीहरुले देश हाक्न नसक्ने बताएका छन् ।

बिहिबार पार्टी कार्यालय च्यासलमा बाराका नेता शिवचन्द्र कुशवाहलाई एमाले प्रवेश गराउदै ओलीले नयाँ भनिएका पार्टीहरुसंग देशलाई हाक्न सक्ने कुनै सोच र योजना नरहेको बताएका हुन् । उनले नयाँ पार्टीहरुसंग सहि ढंगले उम्मेदवार चयन गर्न सक्ने क्षमता समेत नरहेको टिप्पणी गरे । त्यस्तै पुराना भन्ने पार्टीहरुले पनि केहि गर्न नसकेको जिकिर गरे ।

कांग्रेस पार्टी थोत्रो भएको र ८७ सीट हुँदा पनि ३२ सिटको पछाडी हिडेको उनले बताए । उनले कांग्रेसको पछाडी लाग्ने भनाई माधव नेपाललाई सुहाएपनि कांग्रेसलाई भने माओवादीको पछाडी हिड्न नसुहाउने धारणा राखे ।

माओवादीमा छोरी ज्वाइँ, भाइ भतिजा भान्जा सप्रे पनि तमाम माओवादी कार्यकर्ता तड्पीन बाध्य भएको उनको छ । उनले गरिबी निवारण गर्न सक्ने , सामाजिक समानता कायम गर्न सक्ने पार्टी एमाले बाहेक अरु कुनै नरहेको दावी गरे । एमालेको सुखी नेपाली समृद्ध नेपाललाई अन्य दलले बोल्न पनि नसकेको उनले बताए ।

त्यस्तै एमाले प्रवेश गर्दै कुशवाहले सहित कार्यदिशा र कार्यनीति नभएका कारण जनयुद्ध लडेका माओवादीहरु, एमालेबाट गएका माओवादीहरु एमालेतर्फ फर्कन थालेको बताए । उनले पाको पार्टी एमालेलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । एमालेबाटै समृद्धिको सपना साकार हुने उनको भनाइ छ ।

माओवादी केन्द्र छाडेर जनमत पार्टीमा पुगेका कुशवाह बारा २ मा उम्मेदवार बनेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.