राष्ट्रपतिसँग विवेकशील साझा पार्टीको भेटवार्ता

डिसी नेपाल
१९ असोज २०८० २०:३७
12
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग विवेकशील साझा पार्टीका पदाधिकारीले भेटेर ‘संघीय लोकतान्त्रिक गणतन्त्र सम्वर्द्धन अभियान’ बारे जानकारी गराएका छन् ।

पार्टी अध्यक्ष समिक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, विमला अधिकारी घिमिरे, केन्द्रीय सदस्य डा. सुशील साह सम्मिलित प्रतिनिधि मण्डलले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र सम्वर्द्धनका लागि यसका आधार स्तम्भहरु राष्ट्रपति, अदालत तथा संवैधानिक निकायहरुको गरिमा बचाईराख्न गणतन्त्र विरोधीहरूको अनावश्क प्रहार र दुश्प्रचार प्रति सचेत रहन विशेष ध्यानाकर्षण गराएको हो।

सो अवसरमा राष्ट्रपति पौडेलले सात दशक लामो संघर्षबाट प्राप्त नेपालको संविधानको रक्षा र सम्वर्द्धन गरेर मुलुकको सम्मृद्धिमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखेका छन । उनले श्रम र जनशक्तिको विदेश पलायनले गाऊँ रित्ति रहेकोमा चिन्ता प्रकट गर्दै देशमै राम्रो शिक्षा र रोजगारीको सृजना गरेर गाउँमै बस्ने वातावरण बनाउनु आजको आवश्यकता रहेको पनि औँल्याएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.