सरकारले शिक्षक महासंघसँग गरेको सम्झौताप्रति सिके राउत असन्तुष्ट

डिसी नेपाल
२० असोज २०८० १२:०७
116
Shares

काठमाडौं। जनमत पार्टीका अध्यक्ष चन्द्रप्रकाश राउत (सिके)ले हालै भएको शिक्षक महासंघसँगको सम्झौता प्रति असन्तुष्टि प्रकट गरेका छन्।

नेपाल सरकारले आन्दोलनरत शिक्षकहरुसँग सम्झौता गर्दा शिक्षा र बिद्यार्थीका बारेमा कतै पनि उल्लेख नगरेको भन्दै असन्तुष्टि प्रकट गरेका हुन्।बिद्यालय शिक्षा बिद्येयक २०८० का बारेमा प्रतिनिधिसभा बैठकमा छलफल चलिरहेको बखतमा उनको यो धारणा बाहिर आएको हो।

‘शिक्षकहरुले आन्दोलन गरे, हाम्रो पनि समर्थन रहयो, नेपाल शिक्षक महासंघ र नेपाल सरकारले सम्झौता गर्‍यो, ६ खण्डमा त्यहाँ ३२ बुदाँहरु छन,’ उनले भनेका छन्, ‘त्यसमा एउटा मात्रै बुदाँ पनि बिद्यार्थीको हितको देखाउनुहोस, एउटा मात्रै बुदाँ पनि सुलभ र गुणस्तरीय शिक्षाका लागि देखाउनुहोस, एक शब्द छैन।’

उनले सामाजिक सञ्जालबाट आफनो दृष्टीकोण राख्दै अगाडी प्रश्न गरेका छन, ‘शिक्षाको सरोकार शिक्षक र सरकारलाई हुने कि नहुने ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.