एनआरएनए आईसीसी युवा उपसंयोजकमा डा. शंकर बिसुन्केको उम्मेदवारी घोषणा

डिसी नेपाल
२१ असोज २०८० ६:२०
84
Shares

काठमाडाैं। गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको युवा उपसंयोजकका लागि डा. शंकर बिसुन्केले उम्मेदवारी घोषणा गरेका छन्।

उनले एनआरएनए आईसीसीको २०२३ देखि २०२५ कार्यकालका लागि एनआरएनए अमेरिकाज क्षेत्रको क्षेत्रीय युवा उपसंयोजकका लागि उम्मेदवारी घोषणा गरेका हुन्।

‘युवा सशक्तीकरणमार्फत संस्थागत रूपान्तरण’ भन्ने मूल मन्त्र अघि सारेर आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन्। आम युवाहरूको आवाजलाई सम्बन्धित ठाउँमा पुर्‍याउने र समाधानको खोजी गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

अमेरिकाज क्षेत्रका युवाहरूलाई लक्षित गरेर उच्च अध्ययन, खेलकुद, रोजगारीलगायत विभिन्न रचनात्मक क्रियाकलापको बारेमा योजना बनाउने र उचित कार्यान्वयन गर्ने लक्ष्य उनको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *