‘महागफाडी’को फिजिकल अडिसनबाट छानिए टप १८ प्रतिस्पर्धी

डिसी नेपाल
२३ असोज २०८० ११:५६
608
Shares

काठमाडाैं। टेलिभिजन रियालिटी शो ‘महागफाडी’को फिजिकल अडिसन सम्पन्न भएको छ। यो शोका निर्देशक नरेश नाथ योगी (किंग योगी) का अनुसार हजारौं आवेदकबाट डिजिटल अडिसनका लागि छानिएका १०० प्रतिस्पर्धीको फिजिकल अडिसन गरिएको थियो। जसमध्येबाट टप १८ प्रतिस्पर्धी छानिएका छन्।

फिजिकल अडिसनबाट टप १८ मा शुभम सिंह भुमियार, अमरेन्द्र यादव, अनिल राई, दिपेश घिमिरे, हरि गजुरेल, हुकुम बाबु वली, कृष्ण भुर्तेल लक्ष्मण, पुजन नेपाल, रेशम सापकोटा, संजीव भट्टराई, सरोज खतिवडा, शोभा लामिछाने, श्रीराम कँडेल, सन्तोष तिवारी, अर्जुन पोखरेल, दिल्ली राज अधिकारी, कर्मा लामा र निरोज त्वायाना छानिएका हुन्।

निर्माण कम्पनिका अनुसार कुनै एक टेलिभिजनबाट टप १८ राउण्डको प्रसारण गरिनेछ। ‘महागफाडी’का निर्देशका नरेश नाथ योगी सिनेमा लेखक, कोरियोग्राफर र फाइट डिरेक्टर समेत हुन्।

उनी भन्छन्, ‘मनोरञ्जनका विविध विधामध्ये वाक कला पनि एक हो। जो अहिलेसम्म सही प्लेटफर्म नपाएर चुपचाप बसेका र बोलेर नै जीवनमा केही गर्छु भन्नेहरुका लागि महा गफाडी उपयोगी र नविन प्लेटर्फम सावित हुने बताउँछन्।’

ढाकाटोपी फिल्मस्को व्यानरमा निर्माण भैरहेको रियालिटी शोमा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिक सहभागीले आफ्नो मातृभाषामा समेत अडिसन दिएका थिए।

निर्माण कम्पनिका अनुसार सहभागीले शोको सिजन अवधीभर आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफुलाई ‘महागफाडी’को रुपमा प्रस्तुत गनुपर्ने छ।

यो रियालिटी शोको अडिसन डिजिटल प्लेटर्फममा मात्रै गरिएको थियो। १६ हप्तासम्म चल्ने कार्यक्रमको फाइनल अष्ट्रेलिया र पहिलो वल्र्डटुरको सुरुवात क्यानडाबाट गरिने जानकारी आयोजक संस्थाले दिएको छ।

दर्शकको भोटिङका आधारमा रियालिटी शोको विजेता छनोट गरिनेछ। जसको भोटिङ पार्टनरको रुपमा ‘माई पे’ रहेको छ। रियालिटी शोको डिजिटल राइट्स र प्रसारण हुने टेलिभिजन च्यानल बारेमा कुनैपनि जानकारी आयोजक संस्थाले दिएको छैन।

‘महागफाडी’को निर्णायक मण्डलमा बरिष्ठ हास्यव्यङ्गय कवि शैलेन्द सिंम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ रहेका छन्। अभिनेता कामेश्वर चौरासियाले यो कार्यक्रमको सञ्चालन गर्नेछन्। यही शोबाट लामो समयपछि कामेश्वर टेलिभिजनको पर्दामा देखिँदैछन्।

‘महागफाडी’को विजेताले १५ लाख नगद तथा सवारी साधन, फर्स्टरनरअप लाई १० लाख नगद र सवारी साधन, सेकेण्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौंथो र पाँचौं हुनेलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिने शोका निर्देशक योगीले बताए।

टेलिभिजन रियालिटी शो ‘महागफाडी’को प्रोजेक्ट हेटमा दिपक आरजे, प्रोजेक्ट म्यानेजरमा समिर खरेल, क्रियटिभ हेजमा मनोज केसी, कन्टेन्ट राइटर तथा मेन्टर हेडमा सुमन कोइराला, डिओपी निश्चल पौडेल, आईटी हेडमा बोनिस श्रेष्ठ, स्टाइलिसमा जेनिशा निरौला र मेन्टर हेडमा प्रदीप चौधरी रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *