भुपेन्द्र र परीक्षा अभिनित ‘लुकी लुकी’ सार्वजनिक (भिडियोसहित)
दमक। छायांकार तथा निर्देशकको रुपमा नाम कमाएका भुपेन्द्र तुम्बाहाङफे अभिनय तथा नृत्यमा समेत उत्तिकै पारङ्गत छन्। बेला बेला अभिनय समेत गर्ने भुपेन्द्र तुम्बाहाङफे र मोडल परिक्षा लिम्बूद्वारा अभिनित गीत ‘लुकी लुकी’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतकार गणेश थक्लुङको शब्द, गायक तथा संगीतकार टंक बुढाथोकीको संगीतमा टंक बुढाथोकी र गायीका मेलिना राईको आवाज रहेको गीतको म्युजिक भिडियोमा साउथ इन्डियन स्टाइलको रोमान्सले भरिएको डान्स तथा रोचक कथा समेत समाबेश गरिएको छ।

दिवस गिरीको कोरीयोग्राफी रहेको भिडियोलाई मज्जाको राईले छायांकन गरेका हुन् भने सम्पादन अनिल रानाले गरेका छन् ।
सञ्जु थलङको मेकअप, किरण न्यौपानेको सहायक छायांकन र खगेन्द्र वजी लिम्बूको आर्ट प्रडक्शन रहेको भिडियो गणेश थक्लुङ र कृष्ण गुरुङको निर्माणमा बनेको हो।
थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शन रहेको भिडियो थैली इन्टरटेन्मेन्टको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment