प्रेमिका फकाउने दावाको गीत ‘झम्के बुलाकी’ (भिडियाे)

डिसी नेपाल
१ कार्तिक २०८० ६:३०
312
Shares

वासिंगटन डिसी। अमेरिकाको पेन्सिलभेनिया, ल्यान्कास्टर निवासी गायक दावा तामाङको ‘झम्के बुलाकी’ नामक गीत सार्वजानिक भएको छ। इन्ट्रा फाउण्डेसनको युट्यूव च्यानलबाट दशैंको घटस्थापनाका दिन सो गीत म्युजिक भिडियोसहित सार्वजानिक गरिएको हो।

प्रेमीले प्रेमिकाबारे गरिएको बयानका सन्दर्भमा गायक तामाङद्वारा रचना गरिएको सो गीतमा संगीत पनि गायक स्वयंको नै रहेको छ। एकतर्फी माया गर्ने प्रेमीले प्रेमिकालाई फकाउने क्रममा गीतमा भनिएको छ, ‘आकाशको तारा झार्न सक्दिन, तिम्रो माया मार्न सक्दिन। मायाले बाधुला पिरतीले तानुला, जीवनभरि नै, उमेरै जाला पछुताउनु पर्ला समयमै माया गर।’

डान्सिङ विटमा लोक शैलीको यो गीतको भिडियोका निर्देशन कुबेर तमाङले गरेका छन्। नेपालमै सुटिङ गरिएको यो गीतमा कलाकारहरु अभिषेक श्रेष्ठ र करिष्मा श्रेष्ठलगायतले अभियन गरेका छन् भने म्युजिक एरेन्जर पुरुषोत्तम सुवेदी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *