इजरायलमा मृत्यु भएका चार नेपालीको शव भाेलि काठमाडौं आइपुग्ने
काठमाडौं। हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ।
तेलअविवस्थित नेपाली दूतावासले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर चार जनाको शव आज (शनिबार) दिउँसो १ः२५ बजेको फ्लाई दुबईको उडानबाट नेपाल पठाउन लागेको जानकारी दिएको छ।
दूतावासका अनुसार फ्लाई दुबईकै उडन एफजेड ८३५१ मार्फत् काठमाडौंसम्म पुग्ने गरी व्यस्था मिलाइएको छ। उडान कार्यतालिका अनुसार शव कात्तिक ५ गते आइतबार बिहान काठमाडौं आइपुग्ने छ। अन्य शव पहिचानको काम भइरहेको नेपाली दूतावासले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
यसैगरी, दूतावासले सम्पर्कविहीन रहेका विविन जोशीको खोजी भइरहेको पनि विज्ञप्तिमार्फत् जनाएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment