सुनसान काठमाडाैंका सडक (फोटोफिचर)

डिसी नेपाल
५ कार्तिक २०८० १५:४५
672
Shares

काठमाडाैं। दशैंमा गाउँ फर्किने मानिसको संख्या दिनदिनै बढ्दै गएपछि उपत्यकाभित्रका सडक सुनसान प्राय देखिएका छन्। दशैंको सप्तमी दिन केही चहलपहल देखिए पनि अष्टमीका दिन राजधानीमा मानिसको चहलपहल न्युन देखिएको छ।

नेपालीको महान पर्व विजया दशमी मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको हो। दशैं मनाउन सर्वसाधारण गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासी घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो।

सधैंजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन्। सडकमा हिँडडुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरू प्रायः बन्द छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *