शुल्क नबुझाएको भन्दै विद्यार्थीलाई बन्धक बनाउने प्रिन्सिपल पक्राउ
सिरहा। सिरहामा विद्यार्थीले शुल्क नतिरेको भन्दै बन्धक बनाउने स्कुल सञ्चालक पक्राउ परेका छन्। लहान नगरपालिका- ४मा रहको पाराडाइज एकेडेमीका सञ्चालकसमेत रहेका प्रिन्सिपल राकेश गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
कक्षा १ मा अध्ययनरत सचिन रामलाई पाराडाइज एकेडेमीका सञ्चालकसमेत रहेका प्रिन्सिपल राकेश गुप्ताले दसैँमा फि नबुझाएको भन्दै घरमा थुनेर राखेपछि प्रहरीले विद्यार्थीको उद्धार गरेको छ। प्रहरीले बोर्डिङ सञ्चालक राकेश गुप्तासहित तीनजनालाई भने नियन्त्रणमा लिएको छ।
छोरालाई स्कूलले बन्धक बनाएको भन्दै उनका बुवा दीपेन्द्रले उद्धार गरिदिन इलाका प्रहरी कार्यालय लहानलाई गुहारेका थिए। त्यहाँका डीएसपी भोला भट्ट आफैँ विद्यालय पुगेर आज बालकको उद्धार गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment