दशैंकाे तेश्रो दिन, मान्यजनबाट टीका जमरा थाप्न जाने क्रम जारी

डिसी नेपाल
९ कार्तिक २०८० १२:३१
16
Shares

काठमाडाैं। बडादशैं टिकाको तेश्रो दिन बिहीबार पनि मान्यजनबाट टीका जमरा थाप्न जाने क्रम जारी छ।

टाढा रहेका र टीकाको दिन जान नभ्याएकाहरु पूर्णिमासम्म टीका जमरा लगाई आशिर्वाद लिन मान्यजनकोमा जाने गर्छन्।

नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिनेक्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ।

आफन्तकोमा दसैँको दिन टिका लगाउन छुटेकाले कोजाग्रत पूर्णिमा सम्मनै मान्यजनको हातबाट टिका लगाउन सक्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *