कैलालीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
धनगढी। नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। कैलालीको काँडा नदीमा नुहाउने गएका दुई बालकको डुबेर मृत्यु भएको हो।
यसरी मृत्य हुनेमा बर्दगोरीया गाउँपालिका- ६ का ६ वर्षीय दिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्ल रहेका छन्।
कैलाली प्रहरीका अनुसार बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु भएको र उनीहरुको शव परिवारले बुझेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment