इजरायली ड्रोन खसालेको हिजबुल्लाहको दाबी

डिसी नेपाल
१६ कार्तिक २०८० १६:४४
172
Shares

काठमाडौं । लेबनानको चरमपन्थी संगठन हिजबुल्लाहले बिहीबार दक्षिणी लेबनानमा इजरायली ड्रोन खसालेको बताएको छ।

इजरायलको सेनाले क्षेप्यास्त्र प्रहार भएको पुष्टि गरेको छ तर ड्रोनलाई ‘कुनै पनि हिसाबले क्षति नभएको’ बताएको छ। यो हप्ता दोस्रो पटक हिजबुल्लाहले इजरायली ड्रोनलाई सतहबाट हावामा प्रहार गर्ने मिसाइलले खसालेको दाबी गरेको छ।

हिजबुल्लाहले एक विज्ञप्तिमा भनेअनुसार उसका लडाकुहरूले मध्यरातमा ड्रोनलाई खसालेका थिए।

इजरायली सेनाले आफ्नो एउटा ड्रोनलाई निशाना बनाएर लेबनानबाट सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। जवाफमा सेनाले क्षेप्यास्त्र प्रहार गरिएको आतंकवादी सेललाई निशाना बनाएको थियो।

यस आक्रमणमा ड्रोनलाई कुनै क्षति नभएको सेनाले जनाएको छ ।

कुनै पनि पक्षले आफ्नो दाबी पुष्टि गर्न प्रमाण उपलब्ध गराएको छैन। रोयटर्सले यो दाबी स्वतन्त्र रूपमा प्रमाणित गर्न नसक्ने बताएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *