स्रोत नखुलेको साढे १६ लाखसहित एक जना पक्राउ

डिसी नेपाल
१७ कार्तिक २०८० ७:१४
84
Shares

परासी। स्रोत नखुलेको १६ लाख ५० हजार रकमसहित एक जनालाई बिहीबार दिउँसो प्रहरीले परासीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका-२ हरपुरका २५ वर्षीय इमरान खान रहेका छन्।

भारतीय सीमावर्ती क्षेत्र महेशपुरबाट परासीतर्फ लु ९० प ७८८५ नम्बरको मोटरसाइकलबाट आउँदै गरेका उनलाई शंका लागि चेकजाँच गर्ने क्रममा रामग्रामको उजैनीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए।

कालो ब्यागमा राखेर ल्याउँदै गरेको अवस्थामा बरामद भएको रकम १ हजार दरका ७ सय र ५ सय दरका १९ सय थान रहेको छ। पक्राउ परेका खानलाई रकमसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको डीएसपी बोहराले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *