जर्मनीले हमासको हरेक किसिमको गतिविधिमा प्रतिबन्ध लगायो
काठमाडौं । जर्मन सरकारले हमासको हरेक गतिविधिमा प्रतिबन्ध लगाएको छ । जर्मनीले हमासलाई आतंकवादी संगठन घोषणा गरिसकेको छ ।
आन्तरिक मामिला मन्त्री न्यान्सी फीजरले भनिन्, “आज मैले आतंकवादी संगठनको गतिविधिलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छु। यो संगठनको उद्देश्य इजरायललाई नष्ट गर्नु हो।”
यसको मतलब हमासको नाममा कुनै पनि प्रकारको बैठक वा त्यसको प्रचार प्रसारलाई अब आपराधिक कार्य मानिनेछ।
फिजरले प्यालेस्टिनी समर्थक समिदुनलाई पनि जर्मनीबाट हटाइने बताइन् । गत महिना मात्र, जर्मन चान्सलर ओलाफ स्कोल्ट्जले भनेका थिए कि यस समूहका सदस्यहरूले जर्मनीको सडकमा इजरायलमा हमासको आक्रमणको उत्सव मनाएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment