इजरायलले गाजामा अर्को शरणार्थी शिविरमा आक्रमण गर्यो, ३० भन्दा धेरैको मृत्यु
काठमाडौं । हमास शासित स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा अर्को घातक हवाई आक्रमण गरेको आरोप लगाएको छ।
इजरायलले मध्य गाजा पट्टीको अल-मगाजीमा रहेको शरणार्थी शिविरलाई शनिबार राति भएको हवाई हमलामा निशाना बनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरायली बमबारीमा हालसम्म ३० जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।
समाचार एजेन्सी रोयटर्सले अल-मगाजी शरणार्थी शिविरका केही तस्बिरहरू पनि जारी गरेको छ।
एएफपी समाचार एजेन्सीका अनुसार इजरायली सेनाका प्रवक्ताले भने कि उनीहरूले त्यस समयमा आइडीएफ वास्तवमै यो विशेष क्षेत्रमा काम गरिरहेको थियो कि थिएन भनेर अनुसन्धान गरिरहेका थिए।
बीबीसीले यो घटना र मृत्युको संख्या स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
यसअघि गत मंगलबार गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविर जबलियामा भएको विस्फोटमा कम्तीमा ५० जनाको ज्यान गएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment