राजस्व रकम हिनामिना गर्ने दश जना विरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर नियमानुसार दाखिला नगरी हिनामिना गर्ने मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसमेत १० जनामाथि राजस्व चुहावट गरी भ्रष्टाचार गरेको दाबीसहित आज आरोपपत्र दायर गरेको छ ।
आर्थिक वर्ष २०७१÷७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट ‘ग’ बाट जग्गा किनबेचको एकै रजिष्ट्रेशन नम्बर राखी लिखत पारित गरी उठाएको राजस्व दाखिला नगरी हिनामिना गरेको भ्रष्टाचारजन्य कसुरमा उनीहरुलाई सजाय हुन माग दाबी लिई विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment