पाकिस्तानले शरणार्थीबाट किन उठाउँदैछ २ लाख ३४ हजार ?

डिसी नेपाल
९ मंसिर २०८० १०:१६
28
Shares

काठमाडौं । पाकिस्तान छाड्नका लागि आवश्यक कागजात नभएका शरणार्थीहरूबाट २ लाख ३४ हजार पाकिस्तानी रुपैयाँ (८३० डलर) शुल्क लिइरहेको पाकिस्तानले जनाएको छ । यो शुल्क भिसा बिना पाकिस्तान आएका मानिसहरूबाट लिइएको छ।

अक्टोबर महिनामा पाकिस्तानले कागजातविना पाकिस्तानमा रहेका १७ लाख विदेशीलाई नोभेम्बर १ सम्ममा देश छाड्न र त्यसो नगर्नेलाई पाकिस्तानले देश निकाला गर्ने घोषणा गरेको थियो ।

जसमा सन् २०२१ मा तालिबान सत्तामा आएपछि देश छोडेर पाकिस्तानमा शरण लिएका अफगान शरणार्थीहरूको ठूलो संख्या समावेश छ।

यो शुल्क ती व्यक्तिहरूबाट पनि लिइनेछ जसको भिसाको वैधता अवधि समाप्त भएको छ । शिल्क तिनीहरू वैध अवधिभन्दा बढी पाकिस्तानमा कति समय बसेका छन् भन्नेमा निर्भर हुनेछ।

पाकिस्तान शरणार्थी महासन्धिको सदस्य होइन र उसले आफ्नो देशमा बस्ने कुनै पनि अफगानलाई शरणार्थीको रूपमा मान्यता नदिने बताएको छ।

एक वरिष्ठ पाकिस्तानी कूटनीतिज्ञले बीबीसीलाई भने ‘यी शुल्कहरू चिन्ताजनक छन् किनभने तिनीहरू मानवीय संकटका कारण यहाँ बस्न बाध्य छन्।’

उनले भने, ‘भिसा अवधिभन्दा बढी बसे वा व्यक्तिलाई डिपोर्ट गरेबापत शुल्क लिने धेरै देश छन्। तर यहाँ समस्या यो छ कि यी मानिसहरू मानवीय आधारमा दिइएको भिसामा बाँचिरहेका छन्। हामीले हाम्रो देशमा हाम्रा लागि काम गरिरहेका मानिसहरूलाई मात्रै राखेका छैनौं, तर धेरै मानिसहरू जसलाई संयुक्त राष्ट्रले शरणार्थी मानेको छ, उनीहरू पनि यहाँ बसिरहेका छन्। ती मानिसहरूबाट शुल्क लिनुले एक नराम्रो उदाहरण बसाल्छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *