चलचित्र ‘तेल भिसा’मा अभिनय गर्ने कलाकारको टुंगो लाग्यो

डिसी नेपाल
१२ मंसिर २०८० १४:११
628
Shares

काठमाडौं। शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्ने तेल भिसा सिनेमाले कलाकारको अन्तिम टुंगो लगाएको छ। कलाकारसँगै सिनेमाले रिलिज मितिसमेत घोषणा गरेको छ।

सिनेमामा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको प्रमुख भूमिका रहेको छ। विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईं सिनेमाका निर्माता हुन्।

सिनेमा नेपालसहित डायस्पोरामा आगामी वर्ष भदौ २८ गते एकसाथ रिलिज हुनेछ। सेभेन सिज इन्टरमेन्ट र वेल डन क्रियसनको संयूक्त निर्माण रहेको सिनेमा चैतको दोश्रो साताबाट फ्लोरमा जानेछ।

तेल भिसाले डायस्पोरामा नेपाली जाने र त्यतै स्थापित हुनेक्रमको नेपाली समाजको बदलिदो स्थितिलाई आफ्नो कथावस्तु बनाएको छ।
सुशन प्रजापतीले खिच्ने सिनेमालाई रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *