रोज लामा योन्जनको ‘मेरो माया सजाउँदा’ बोलको गीत सार्वजनिक (भिडियो)
काठमाडौं। गीतकार रोज लामा योन्जनको ‘मेरो माया सजाउँदा’ बोलको गीत सार्वजनिक गरेका छन्।
विदेशी भूमिमा रहेर पनि नेपाली गीत संगीतमा टेवा पुर्याई रहेका गीतकार रोज हाल दोहा कतारमा छन्।
विगत लामो समयदेखी गीत लेखनमा सक्रिय गीतकार रोज लामा योन्जनको गीतमा संगीत तथा संगीत संयोजन सुनिल राईले गरेका छन् भने सशी किरातीको स्वर रहेको छ।
सार्वजनिक गीतको छायांकन, सम्पादन सुवास लिम्वुले गरेका हुन् । रोहित लाम्गादेको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आयसा क्षेत्री र नहिम अलीले अभिनय गरेका छन्।
गीतकार रोज लामा योन्जनको अर्को गीत ुतिम्रो नयनु पनि केही समयअघि युट्युवमा सार्वजनिक गरिएको थियो।
https://youtu.be/qnYxzJH9aMs
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment