जागिरबाट निकाल्ने धम्की दिएर मेक्सिकन डीजेलाई बलात्कार गर्ने मुम्बइका व्यक्ति पक्राउ
काठमाडौं । मुम्बई प्रहरीले मेक्सिकन डीजेलाई बलात्कार गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । गत हप्ता, ३१ वर्षीया डीजेले आफ्नो व्यवस्थापक विरुद्ध एफआईआर दर्ता गरेकी थिइन्।
एफआईआरका अनुसार ३५ वर्षीय अभियुक्तले सन् २०१९ देखि मेक्सिकन डीजेलाई बलात्कार गर्दै आएका थिए। उनले सम्बन्ध स्थापित गर नत्र जागिरबाट निकालिदिन्छु भन्थे ।
महिलाले २०१७ मा मुम्बईमा बस्ने व्यक्तिलाई सामाजिक सञ्जालमा भेटेको बताएकी थिइन् । त्यसपछि उनी मुम्बई आइन् । ती पुरुषले सन् २०१९ को जुलाईमा पहिलो पटक बलात्कार गरेका थिए । त्यसपछि बारम्बार शारीरिक सम्बन्ध राख्न बाध्य पारियो । मानेन भने जागिरबाट निकालिदिने धम्की दिएका थिए ।
मेक्सिकन डीजेले प्रहरीलाई भनिन्–आरोपीले मेरो केही तस्विर र भिडियो बनाएका थिए । लिक गर्छु भनी ब्ल्याकमेल गर्थे । २०२० मा उसले अर्की युवतीसँग बिहे गरेको थियो, तर पनि उसले मलाई शारीरिक सम्बन्ध राख्न भन्यो । उसले मलाई अश्लिल तस्बिर पठाउने र धम्की दिने गर्दथ्यो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment