राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक सम्पन्न
काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ ।
बैठकले भोलि देखि काठमाडौंमा शुरु हुने केन्द्रीय समितिको बैठकको एजेन्डा सङ्गै बैठकमा प्रस्तुत हुने कार्यपत्र र प्रतिबेदनहरु परिमार्जन सहित पास गरेको छ ।
पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘भ्रष्ट व्यवस्थाको अन्त्य, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण’ बारे प्रस्तुत राजनितिक कार्यपत्र महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत संगठन विभागको प्रतिबेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन केन्द्रीय समिती बैठकमा प्रस्तुत गर्ने गरि अनुमोदन गरिएको बैठक पछि महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
भोलिबाट शुरु हुने केन्द्रीय समिती बैठक पर्सि पनि संचालन हुनेछ भने पर्सि दिउँसो काठमाडौं उपत्यका भेला मार्फत निर्णयहरु सार्वजनिक गर्ने पार्टीले जनाएको छ ।







डिसी नेपाल







Facebook Comment