सन्दीप लामिछानेविरुद्ध मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ।
सन्दीपविरुद्धको सो मुद्दाको पेसी आइतबार न्यायाधीश पाण्डेयको इजलासको पहिलो नम्बरमा परेको छ।
सो मुद्दामा वादी र प्रतिवादी दुवै पक्षले बहस नोट बुझाइसकेका छन्।
तर, पटक-पटक सुनुवाइ स्थगित हुँदै आएको थियो। आएतबार बहस नोट बुझाएपछिको पहिलो पटक पेसीमा चढेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment