राष्ट्रिय सभा निर्वाचनका बारेमा छलफल गर्न जसपाले बोलायो बैठक

डिसी नेपाल
२५ मंसिर २०८० १०:०१
40
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक बस्दैछ।

राष्ट्रिय सभाको निर्वाचनमा हुन सक्ने गठबन्धन र उम्मेदवार छनौटलगायत समसमायिक राजनीतिक बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो।

आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरमा उक्त बैठक बस्नेछ।

जसपाका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार सोमवारको बैठकमा राष्ट्रिय सभाको निर्वाचन र केन्द्रीय समिति बैठक एजेण्डा लगायतमा छलफल हुनेछ।

राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *