संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले दिए राजीनामा

डिसी नेपाल
२५ मंसिर २०८० ११:३९
160
Shares

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले पदबाट राजीनामा दिएका छन्। आफ्नो पदावधि बाँकी रहेकै अवस्थामा आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन्।

उनको राजीनामाको विषयलाई लिएर सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेलसँग छलफलसमेत गरेका छन्।

२२ वैशाख २०७७ मा महासचिवमा नियुक्त भएका उनको पदावधि ८ महिना बाँकी थियो। तर, राजीनामा दिनुको कारण भने खुलिसकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *