संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेको नाम सिफारिस

डिसी नेपाल
२५ मंसिर २०८० १२:००
68
Shares

काठमाडौं। संघीय संसद्को महासचिव पदमा पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ।

यसअघि संघीय संसद्को महासचिवका रहेका डा. भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएका थिए। २०७७ सालमा नियुक्त भएका गौतमले कार्यकाल सकिनुअघिनै राजीनामा दिएका हुन्।

उनको राजीनामा स्वीकृत भएसँगै प्रतिनिधिसभाका सभामख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका हुन्। पाण्डेय प्रतिनिधिसभा सचिव हुन्।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *