कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक आगामी मंसिर २९ गते शुक्रबार दिउँसो १२ः१५ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने बताइएको छ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ।
बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक सम्बन्धमा प्रस्तुत पेश हुने मुख्य सचिव कृष्णप्रसाद पौडेल विज्ञप्तिमार्फत जानकारी गराएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment