एनसेलको सेयर खरिद बिक्रीको अनुसन्धान गरि दोषीलाई कारवाही गर्न जसपाको माग
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले एनसेलको सेयर खरिद बिक्री प्रकरणको अनुसन्धान गरि दोषीलाई कारवाही गर्न माग गरेको छ ।
पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले एनसेलको सेयर खरिद बिक्री प्रकरण मुलुकको हित विपरित भएको भन्दै खरिद बिक्रि प्रकरणको अनुसन्धान गरि दोषीलाई कारवाही गर्न माग गरेको जसपा प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
बैठकले पार्टी विधान बिपरित काम नगर्न निर्देशन दिएको छ भने पुषको २५ र २६ गते राजनीतिक समिति तथा २७ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता सुमनले बताए । त्यस्तै बैठकले सदनमा दर्ता भएको चुरे उत्खनन सम्बन्धी विधेयक फिर्ता लिन माग गर्ने निर्णय गरेको उनले बताए ।
बैठकमा तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा भएको नेताहरुले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment