रास्वपा बैठक : संसदीय दलको विधानका विषयमा छलफल

डिसी नेपाल
२५ मंसिर २०८० १९:४४
12
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको विधानका विषयमा छलफल गरेको छ ।

पार्टी कार्यालय बनस्थलीमा सोमबार बसेको रास्वपा संसदीय दलको बैठकमा संसदीय दलको विधान र संसद्को आगामी अधिवेशनबारे छलफल भएको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

बैठकमा संसद्को आगामी अधिवेशनमा रास्वपाका एजेण्डाहरुलाई प्रभावकारी रुपमा अघि बढाउने निर्णय भएको उनले बताए । यसअघिका अधिवेशन प्रभावकारी नभएको भन्दै उनले आगामी अधिवेशनमा विभिन्न विधेयकहरुमाथि गहन छलफल गरेर पारित गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने जिकिर गरे ।

उनले राष्ट्रिय मुद्धाहरुमा एकताबद्ध हुने विषयमा पार्टी गम्भीर नै रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.