प्रधानमन्त्री कप महिला क्रिकेटः कोशी प्रदेशलाई ८८ रनको लक्ष्य

डिसी नेपाल
६ पुष २०८० १२:१७
8
Shares

काठमाडौं। प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको हो। बागमती लागि यशोदा विष्टले सर्वाधिक ४१ रनको योगदान दिइन्। उनले ५४ बल खेल्दै चार चौकाको मद्दतमा ४१ रन बनाएकी हुन्।

त्यस्तै अस्मिना कर्माचार्यले २४ रन बनाइन्। त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कञ्चन श्रेष्ठले ८ रन जोडिन् भने सोनी पाख्रिन र खुसी डङ्गोलले समान तीन तीन जोडे।

बलिङतर्फ कोशी प्रदेशकी अप्सरी बेगम र सबनम राईले समान दुई–दुई विकेट लिए भने संगीता राईले एक विकेट लिइन्। कोशी प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *