कस्तो रहला आज देशभरको मौसम?
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
अहिले कोशी, मधेश, कर्णाली र सुदूर पश्चिम प्रदेशमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ।
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यसैगरी आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाले देशभरको तापक्रम घट्ने क्रममा रहेका ले चिसोबाट बच्च आवश्यक उपाय अपनाउन सबैमा अनुरोध गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment