भेनेजुएलाविरुद्ध लड्न बेलायतले आफ्नो युद्धपोत गुयाना पठाउने

डिसी नेपाल
९ पुष २०८० ११:००
792
Shares

काठमाडौं । बेलायतले आफ्नो पुरानो उपनिवेश गुयानालाई मद्दत गर्न आफ्नो एउटा युद्धपोत पठाउने तयारी गरिरहेको छ।

बेलायतको रक्षा मन्त्रालयले क्रिसमसपछि आफ्नो युद्धपोत ‘एचएमएस ट्रेन्ट’ले गुयानासँगको संयुक्त सैन्य अभ्यासमा भाग लिने बीबीसीलाई पुष्टि गरेको छ ।

यसअघि भेनेजुएलाले आफ्नो छिमेकी देश गुयानाको तेल र खनिजको धनी क्षेत्रमाथि पुनः आफ्नो दाबी राखेको छ ।

दक्षिण अमेरिकाको यस क्षेत्रको विवाद धेरै पुरानो हो। यसको कारण इतिहासमा पाँच युरोपेली शक्तिहरू यहाँ उपस्थित थिए। पछि उनीहरूले गुयानालाई पाँच टुक्रामा विभाजन गरे।

पोर्चुगिज भाषा बोल्ने दक्षिणपश्चिमी क्षेत्र ब्राजिलले कब्जा गरेको थियो।

भेनेजुएलाले स्पेनी भाषा बोल्ने उत्तरी क्षेत्रहरूलाई आफ्नो देशमा गाभ्यो।

गुयाना दक्षिण अमेरिकाको एक मात्र अङ्ग्रेजी बोल्ने देश हो, जसलाई सन् १९६६ मा बेलायतले स्वतन्त्र गरेको थियो।

गुयानाको डच भाषा बोल्ने क्षेत्रलाई स्वतन्त्रता पछि सुरिनाम भनिन्थ्यो।

फ्रान्सको नियन्त्रणमा रहेको क्षेत्र अझै पनि स्वतन्त्र राष्ट्र बन्न सकेको छैन। यसलाई फ्रेन्च गुयाना भनिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *