प्रधानमन्त्री दाहालले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

डिसी नेपाल
१० पुष २०८० ६:५७
52
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछन्।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ः०० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्।

यसअघि दिउँसो ३ः०० बजे सम्बोधन गर्ने भनिए पनि अन्तत समय हेरफेर भए पछि साँझ ५ः०० बजे सम्बोधन गर्न लागेका हुन्।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। यससँगै उनी तेस्रो पटक मुलुकको प्रधानमन्त्री बने। यसअघि प्रचण्ड २०६४ र ०७४ मा पनि प्रधानमन्त्री बनेका थिए।

प्रधानमन्त्रीका नियुक्ती भएका एक बर्ष पूरा भएको उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रको नाममा बिशेष सम्बोधन गर्न लागेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *