भारत आउँदै गरेको ट्याङ्करमा आक्रमण गरेको अमेरिकी दाबीमा इरानले के भन्यो ?
काठमाडौं । हिन्द महासागरमा भारत आउँदै ट्याङ्करमा भएको आक्रमणमा इरान जिम्मेवार रहेको अमेरिकी दाबीलाई इरानले सोमबार खण्डन गरेको छ ।
यस विषयमा प्रतिक्रिया दिँदै इरानले यी आरोपहरूलाई निराधार भनेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले भनेका छन्, ‘दोहोरिएका यी आरोपहरूलाई निराधारको रूपमा अस्वीकार गरिएको छ।’
अमेरिकी रक्षा मन्त्रालयले यसअघि गुजरात नजिकै अरब सागरमा ट्याङ्करमा भएको आक्रमणमा प्रयोग गरिएको ड्रोन इरानबाट लन्च गरिएको बताएको थियो।
अमेरिकी रक्षा मन्त्रालयले भनेको छ, “केम प्लुटो नामको यो रासायनिक ट्याङ्करलाई इरानबाट प्रक्षेपण गरिएको ड्रोनले एकतर्फी रूपमा निशाना बनाइएको थियो।”
यो जहाज १९ डिसेम्बरमा साउदी अरबबाट प्रस्थान गरेको थियो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment