पाकिस्तानमा संसदीय चुनाब लड्दै हिन्दू उम्मेदवार डा. सविरा प्रकाश

डिसी नेपाल
११ पुष २०८० १६:०४
192
Shares

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वाको बुनेर जिल्लाबाट पहिलो पटक हिन्दू महिला उम्मेदवार चुनावी मैदानमा छिन् ।

डा सविरा प्रकाशले सोमबार पिके २५ सिटबाट उम्मेदवारी दर्ता गराएकी छन् । उनी पाकिस्तान पिपुल्स पार्टी अर्थात पीपीपीको टिकटमा चुनाव लड्न चाहन्छिन् ।

डन न्युजको एक रिपोर्टका अनुसार डा. सविराका पिता ओमप्रकाश पनि ३५ वर्षदेखि पीपीपीमा सक्रिय छन् र डाक्टर पनि छन् ।

कौमी वतन पार्टीसँग सम्बन्धित स्थानीय नेता सलिम खानका अनुसार डा. सविरा बुनेर जिल्लाबाट सामान्य सिटका लागि उम्मेदवारी दर्ता गर्ने पहिलो हिन्दू महिला हुन्।

पाकिस्तानमा सन् २०२४ को फेब्रुअरीमा आम निर्वाचन हुँदैछ।

डा. सविराले सन् २०२२ मा एबोटाबाद इन्टरनेशनल मेडिकल कलेजबाट एमबीबीएस अध्ययन गरेकी छिन् । उनी बुनेरमा पीपीपीको महिला शाखाकी महासचिव पनि हुन्।

डा. सविराले डन न्युजलाई भनिन्, “म मेरो बुबाको पाइला पछ्याउन चाहन्थें, किनकि उहाँले गरिबहरूको लागि काम गर्नुभयो। म पनि क्षेत्रका महिलाका लागि काम गर्न चाहन्छु ।

महिलालाई धेरै बेवास्ता गरिएको उनको भनाइ छ ।

पार्टी नेतृत्वले सविरालाई साधारण सिटबाट उम्मेदवार बनाउनुपर्ने बुवालाई आग्रह गरेकाले पिपिपीले टिकट दिनेमा डा सविरा प्रकाशले आशा व्यक्त गरिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *