अवैध १९ लाखसहित एकजना मोरङमा पक्राउ
विराटनगर। मोरङमा स्रोत नखुलेको १९ लाख ९० हजार रूपैयाँसहित सुनसरी देवानगन्ज गाउँपालिका–५ बस्ने ४९ वर्षीय सुरेन्द्रप्रसाद साह पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका–६ केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो।
साहबाट बरामद गरिएको नगद र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसान्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment