जडीबुटीमा सवारीको ठक्करबाट बालिकाको मृत्यु

डिसी नेपाल
१५ पुष २०८० १८:२५
620
Shares

काठमाडौं। काठमाडौं महानगरपालिका ३२ जडीबुटीस्थित सडकमा बाप्र०२–००२ प ८४९६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा पैदलयात्री सोही ठाउँ बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-१ घर भएका छविलाल मगरकी छोरी ११ वर्षीया लक्ष्मी मगरको रहेकी छन्। उनको शनिबार साँझ ज्यान गएको हो।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *