इजरायलमाथि आक्रामण गरिरहने हिजबुल्लाहको चेतावनी

डिसी नेपाल
१६ पुष २०८० ८:३१
168
Shares

गाजा। इरान समर्थित अतिवादी समुह हिजबुल्लाहले इजरायललाई चेतावनी दिएको छ।

हिजबुल्लाह एक बरिष्ठ नेता नइम कासिमलेले इजरायलको उत्तरी सिमानामा गाजामा युद्ध नरोक्दासम्म लडाइँ जारी रहने बताएका छन्।

विस्थापित इजरायली बासिन्दाहरूलाई फर्काउन र सीमा क्षेत्रबाट हिजबुल्लाहलाई धकेल्न मद्दत गर्न इजरायलले प्रस्तावहरू अगाडि बढाएको र विकल्पहरू देखाउने प्रयास गरिरहेको उनले बताए।

‘इजरायल आफ्नो विकल्प थोप्ने स्थितिमा छैन,’ कासिमले एक भाषणमा इजरायललाई चेतावनी दिँदै भने, ‘लेबनानको युद्ध रोक्नको लागि पहिले गाजा युद्ध रोक्नु पर्छ।’

‘लेबनानमा नागरिकहरूमाथि लगातार बमबारी गर्नुको अर्थ इजरायली आक्रमणको प्रतिक्रिया बलियो र जवाफी हुनेछ,’ कासिमले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *