वर पीपल : आर्जन डाइनामिक्स प्रोडक्सनकाे नयाँ गीत सार्वजनिक
अमेरिका। संयुक्त राज्य अमेरिकाको विस्कोंसिन स्टेटको राजधानी म्याडिसनमा श्रब्य दृश्य लोकार्पण कार्यक्रम ३१ डिसेम्बर २०२३ मा आयोजना गरि आर्जन डाइनामिक्स प्रोडकसनको नयाँ गीत ’बरपीपल’ सार्वजनिक भएको छ।
गायिका कल्पना रिजालको स्वर, गीतकार अर्चना धाख्वाको शब्द र संगीतकार श्रीजन श्रेष्ठको संगीतले भरिएको यो गीत नेपाली लोकभाकामा आधारित छ।

यस कार्यक्रममा स्थानीय नेपाली र अमेरिकी संगीत प्रेमी गरि करिब ५० जनाको सहभागिता थियो। लोकार्पण कार्यक्रममा यो गीत सबैले राम्रो प्रतिक्रिया दिएका छन्।
अरु सम्पूर्ण दर्शक तथा श्रोताले पनि मन पराउनेमा आर्जन डाइनामिक्स आशाबादी रहेको छ। गीतकार अर्चना धाख्वा स्वमले निर्देशन गर्नु भएको यो गीत को भिडियोमा कल्पना रिजाल, निकिता मिश्र र राम रिजालले अभिनय गरेका छन्। सो गीतको रेकर्डिङ म्याडिसनको प्याराडाइम प्रोडकसन र काठमाडौँको स्टूडीओ किङमा गरिएको हो। यो गीत आर्जन डाइनामिक्सको अफिसीयल युट्यूव च्यानलमा पनि रिलिज भएको छ।
करिब दुई वर्ष आगाडि नेपाल र संयुक्त राज्य अमेरिकाका संगीत प्रेमी नेपालीहरुको प्रयासमा स्थापित आर्जन डाइनामिक्स प्रोड्क्शनमा गीतकार अर्चना धाख्वा, संगीतकार श्रीजन श्रेष्ठ र निकिता मिश्र गरी तीन सदस्य छन्। वर पीपल आर्जन डाइनामिक्सको आठौं सांगीतिक प्रस्तुति हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment