गोल्डेन ग्लोब्स अवार्ड २०२४ मा ‘ओपेनहाइमर’ फिल्को दबदबा, पाँच उपाधि जित्यो

डिसी नेपाल
२३ पुष २०८० १३:४०
44
Shares

काठमाडौं । ८१ औं गोल्डेन ग्लोब्स अवार्ड २०२४ मा ओपेनहाइमर फिल्मको जादू देखियो। क्यालिफोर्नियामा आइतबार राति भएको अवार्ड समारोहमा फिल्मले कुल पाँच उपाधि जितेको हो ।

ओपेनहाइमरले ‘ड्रामा’ विधामा सर्वोत्कृष्ट चलचित्रको उपाधि मात्र जितेन, क्रिस्टोफर नोलनले यस चलचित्रका लागि उत्कृष्ट निर्देशकको अवार्ड पनि पाएका थिए।

यस फिल्ममा ओपेनहाइमरको भूमिका निभाएका सिलियन मर्फीलाई ‘ड्रामा’ मोसन पिक्चर विधामा उत्कृष्ट अभिनेताको अवार्ड दिइएको छ ।

लुइस स्ट्रसको भूमिका निभाएका रोबर्ट डाउनी जुनियरलाई चलचित्रको विधामा उत्कृष्ट सहायक अभिनेता मानिएको थियो ।

ओपेनहाइमरका लुडविग गोरान्सन पनि उत्कृष्ट मौलिक स्कोरका लागि छनोट भएका छन् ।

ओपेनहाइमरले यस अवार्डका लागि कुल ८ विधामा मनोनयन प्राप्त गरेको थियो । बार्बी ८ विधामा मनोनयनमा परेको थियो ।

बार्बीले विश्वभर १.४ बिलियन डलर कमाएर ‘सिनेमेटिक एण्ड बक्स अफिस अचिभमेन्ट’ अवार्ड जितेको छ ।

बिली इलिश र फिनास ओ’कोनेलले उत्कृष्ट मौलिक गीतको विधामा उपाधि पाएका छन् ।

टिभी विधामा सबैभन्दा बढी अवार्ड ‘सक्सेसन’ ले पाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *