अमेरिकाले भारतको तुलनामा आफूलाई भेदभाव गरेको भन्दै अमेरिकी विदेश मन्त्रालयमा पाकिस्तानको गुनासो

डिसी नेपाल
२४ पुष २०८० १५:३९
128
Shares

काठमाडौं । पाकिस्तानको विदेश मन्त्रालयले अमेरिकासँग अमेरिकी विदेश मन्त्रालयले भारतको तुलनामा आफूसँग भेदभाव गरिरहेको गुनासो गरेको छ ।

पाकिस्तानले धार्मिक स्वतन्त्रताको उल्लङ्घनको मामिलामा भारत ‘अगाडि रहेको’ आरोप लगाएको छ तर अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सूचीमा भने यो उल्लेख गरिएको छैन।

पाकिस्तानले आफ्नो देश बहुलवादी भएको र अन्तर-धार्मिक सद्भावको बलियो परम्परा रहेको दाबी गरेको छ। आफ्नो संविधान अनुसार, पाकिस्तानले धार्मिक स्वतन्त्रता बढाउन र अल्पसंख्यकहरूको अधिकारको रक्षा गर्न धेरै कदम चालेको उसको दाबी छ।

विज्ञप्तिमा भनिएको छ, “हामी अमेरिकी विदेश विभागले पाकिस्तानलाई ‘विशेष चिन्ताको देश’ को रूपमा नामकरण गरेको कुरा अस्वीकार गर्दछौं।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *