पीडित पक्षका वकिलद्वारा सन्दीप लामिछानेलाई ‘डेढी’ सजायको माग

डिसी नेपाल
२५ पुष २०८० ११:०३
16.3k
Shares

काठमाडौं । बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ‘डेढी’ सजाय हुनुपर्ने पीडित पक्षका वकिलहरुले माग गरेका छन् । उनीहरुले लामिछानेले ‘सार्वजनिक पदको दुरुपयोग’ गरेको दावी गर्दै कानुनमा निर्धारित सजायको डेढ गुणा बढी सजाय हुनुपर्ने माग गरेका हुन् ।

दोषी ठहर गरिएका लामिछानेलाई सजाय सुनाउनको लागि इजलास बस्नुभन्दा पहिले कानुन व्यवसायीले अदालतमा बुझाउनुपर्ने प्रतिवेदनमा कानुन व्यवसायीले यस्तो माग गरेका हुन् । लामिछानेलाई सजाय सुनाउनको लागि काठमाडौं जिल्ला अदालतमा आज इजलास बस्दैछ ।

पीडित पक्षका वकिलहरुले लामिछानेलाई फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा १५ को उपदफा २ (ङ) बमोजिम सजाय सुनाउन माग गरेका हुन् ।

पीडित पक्षका वकिलले आकर्षित हुने दावी गरेको ऐनको दफामा भनिएको छ, ‘कुनै सरकारी कार्यालय वा सार्वजनिक वा संगठित संस्थाको पद वा ओहदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरुपयोग गरी कसुर गर्ने कसुरदारलाई त्यस्तो कसुरमा हुने सजायको डेढी सजाय ।’

लामिछानेलाई अदालतले कसूरदार ठहर गरेको घटना भएका बेला उनी नेपालको राष्ट्रिय क्रिकेट टोलीको कप्तान थिए । त्यतिबेला उनले नियमित रुपमा राज्यकोषबाट पारिश्रमिक पनि बुझ्ने गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *