चीनबाट फर्किनेबित्तिकै माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुलाई ठूलो झट्का

डिसी नेपाल
१ माघ २०८० १०:१९
1.7k
Shares

काठमाडौं । मोहम्मद मुइज्जु माल्दिभ्सको राष्ट्रपति बनेपछि राजधानी मालेको रिक्त मेयर पदका लागि भएको निर्वाचनमा सत्तारुढ दल ‘पिपुल्स नेसनल कंग्रेस’ पराजित भएको छ ।

मेयरमा विपक्षी दल ‘माल्दिभियन डेमोक्र्याटिक पार्टी’ (एमडीपी) का उम्मेदवार आदम अजीम विजयी भएका छन् ।

अनलाइन पोर्टल ‘माल्दिभ्स सन’का अनुसार ४१ मतपेटिकाको मतगणनापछि आदम अजीमले ५ हजार ३०३ मत पाएका छन् भने पिपुल्स नेसनल कांग्रेसका उम्मेदवारले ३ हजार ३०१ मत प्राप्त गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार शनिबार भएको निर्वाचनमा कम मतदान भएको थियो ।

एमडीपीको नेतृत्व भारत समर्थक मानिने मोहम्मद इब्राहिम सोलिहको हातमा छ। तर, एमडीपी राष्ट्रपति चुनावमा मुइज्जुको पीएनसीसंग पराजित भयो।

राष्ट्रपति हुनुअघि मोहम्मद मुइज्जु मालेका मेयर थिए। राष्ट्रपतिको चुनाव लड्न उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *