बरहथवा घटना प्रकरण : गोली चलाउने प्रहरीलाई सेवाबाट बर्खास्त गर्न सिफारिस

डिसी नेपाल
१ माघ २०८० १६:१८
72
Shares

काठमाडौं। सर्लाहीको बरहथवा घटना प्रकरणमा गोली चलाएका प्रहरीलाई सेवाबाटै बर्खास्त गर्न सिफारिस गरिएको छ । गत २० पुसमा बरहथवामा भएको घटना प्रहरीको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो ।

उक्त घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले प्रहरी हवल्दारले चलाएको  गोली लागेर साहको मृत्यु भएको निष्कर्ष निकाल्दै गोली चलाउने हवल्दारलाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरेको हो ।

आइतबार समितिले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा गोली चलाउने प्रहरी हवल्दारलाई नै सेवाबाट बर्खास्त गर्न सिफारिस गरेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *