काठमाडौं लैजाँदै गरेको २०४ बोरा प्याज सिरहामा बरामद

डिसी नेपाल
३ माघ २०८० १६:५२
92
Shares

सिरहा ।  सिरहा प्रहरीले २०४ बोरा प्याज बरामद गरेको छ। ट्रकमा लोड गरेर काठमाडौं लैजाँदै गरिएको करिब ४ लाख ८ हजार रुपैयाँ बराबरको प्याज प्रहरीले मंगलबार राति ८ बजे बरामद गरेको हो।

धनगढीमाई नगरपालिका वडा नं.९ मुसहरनियास्थित सडकखण्डबाट प्र१–०२–००१ ख ९१६९ नम्बरको ट्रकमा लोड गरिएको प्याज बरामद गरिएको सिरहाका प्रहरी नायब उपरीक्षक रविन्द्रराज पाण्डेले बताए।

यसक्रममा उदयपुर कटारी नगरपालिका–५ बस्ने चालक राजेश कटुवाल पक्राउ परेको पाण्डेले बताए।

भन्सार जाँचपासको कागजात नभेटिएपछि प्याज नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्याजसहितको ट्रक राजश्व अनुसन्धान कार्यालय सुनसरीमा पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *